काठमाडौं । खिलबहादुर गुरुङ निर्देशित फिल्म ‘रिमै’को शीर्ष गीत सार्वजनिक भएको छ । गीतमा कलाकारहरू दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा र गौमाया गुरुङ फिचर्ड छन् ।
गीतमा दीपक शर्माको संगीत र शब्द छन् । रीता केसी र अंशु लामाको स्वर छ । गुरुङ परिवेशमा बनेको गीतको अडियो तथा भिडियोले दर्शकलाई उत्साहित बनाउने देखिन्छ ।
लामो समयपछि यो फिल्ममा दयाहाङ र रिश्माको सहकार्य छ । यी दुईले ‘कबड्डी’का सुरुवाती श्रृंखलामा जोडी बाँधेका थिए ।
गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्मको पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको फिल्ममा टीका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्माताको रुपमा छन् ।















