Rumour Nepal
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

मिथिलाञ्चलको सांस्कृतिक धरोहर : कोजगरा पर्व

- एससी सुमन


मिथिलाञ्चलको सांस्कृतिक धरोहर : कोजगरा पर्व
ADVERTISEMENT

आश्विन शुक्ल दशमीपछि जब पूर्ण चन्द्रले रातो आकाशमा शीतल ज्योति छर्दछ, मिथिलाको पवित्र आँगन अरिपनले सजिन्छ जसमा रङ्ग, रूप र भक्ति समाहित हुन्छ । घर-घरमा दीप को उज्यालो फैलिन्छ । यसरी, विजया दशमीदेखि कोजाग्रत पूर्णिमासम्मको यो कालखण्ड मिथिलामा एक समर्पित सांस्कृतिक अनुभूति हो, जहाँ परम्परा, आस्था र सामाजिक एकता एकै सन्देशमा विलीन हुन्छन् ।

घटस्थापनादेखि नवमीसम्मको नवरात्रा देवी दुर्गाका विभिन्न रूपहरूको आराधनामा समर्पित रहन्छ । तराई-मधेसका गाउँ-शहरमा माटोले बनाइएका कलात्मक देवी प्रतिमाहरू रंगारोगन गरिन्छ, जसलाई पुष्प, वस्त्र र भावनाले सजाइन्छन् । शक्तिको आदर र समर्पणको प्रतिक रूपमा नवरात्रको नवमीको रातमा देवीको मूर्तिलाई नदीमा विसर्जन गरिन्छ ।

 

विजया दशमी, जसलाई स्थानीय भाषामा ‘जतरा’ भनिन्छ, शुभ-साइतको दिन मानिन्छ । यस दिन शक्ति-पिठ र घरघरमा स्थापित जयन्ती (जमरा) लाई विधिपूर्वक विसर्जन गरिन्छ र व्राह्मण, गुरुजन तथा जेष्ठ नागरिकबाट टीका र जमरा ग्रहण गरिन्छ। नीलकण्ठ (चरा) को दर्शन गरेर शुभकामना ग्रहण गर्ने परम्परा अझै जीवन्त छ।

पहिले-पहिले मधेसी समुदायमा जयन्ती केवल ब्राह्मण वा पुरोहितबाट मात्र ग्रहण गरिन्थ्यो । तर, समयको परिवर्तनसँगै अब जेष्ठजन, आमाबुबा, हजुरआमाबाट टीका-जमरा ग्रहण गर्ने चलनले सामाजिक समरसता र सांस्कृतिक सहिष्णुता झन् गहिरिएको छ । यसले हाम्रो समाजको विविधता र एकताको सुन्दर उदाहरण प्रस्तुत गरेको छ ।

कोजाग्रात पूर्णिमा : मिथिलाञ्चलको उज्यालो चेतना र समृद्धिको आराधना

दशैं र कोजाग्रात पूर्णिमा, यी दुई छुट्टाछुट्टै पर्व भए तापनि, यिनको अन्तराललाई हाम्रो समाजले सांस्कृतिक र सामाजिक गतिशीलतामा रूपान्तरण गर्दै आएको छ । विजयादशमीको उत्सव सम्पन्न भएपछि कोजगरा पर्व नआउँदासम्मको समयलाई गाउँघरमा विविध सांस्कृतिक गतिविधिहरु नाचगान, नाटक, सरसफाइ, गोष्ठी तथा युवाहरूको सक्रिय सहभागिता द्वारा सजीव बनाइन्छ । विशेषतः परदेशबाट बिदामा गाउँ फर्किएका युवायुवतीहरूको उपस्थितिले गाउँमा पुनः जीवन्तता भरिन्छ ।

शरद ऋतुको चन्द्रमय रात, आश्विन शुक्ल पूर्णिमा, अर्थात् कोजाग्रात पूर्णिमा, सांस्कृतिक, धार्मिक र अध्यात्मिक दृष्टिले अत्यन्तै महत्वपूर्ण दिन हो । ‘कोजगरा’ शब्द संस्कृत वाक्यांश “को जागर्ति ?” अर्थात् “को जागिरहेको छ ?” बाट निसृत भएको मानिन्छ । जनविश्वास अनुसार, जसले उक्त रात जाग्राम बस्दै श्रद्धा, भक्ति र संयमका साथ माता लक्ष्मीको आराधना गर्दछ, त्यहींको घरमा लक्ष्मीले धन, धान्य र समृद्धिको वर्षा गर्ने विश्वास गरिन्छ ।

विशेषतः मिथिलाञ्चल- नेपालको तराई क्षेत्र, भारतको बिहार अन्तर्गत मिथिला प्रदेश तथा सम्पूर्ण मैथिली भाषी भूगोलमा, यो पर्व अत्यन्त श्रद्धा, भक्ति र उत्सवमय वातावरणमा मनाइन्छ । कोजगरा केवल धार्मिक अनुष्ठानको पर्व मात्र होइन; यो मिथिलाको सांस्कृतिक चेतना, सामाजिक समरसता र नारी सशक्तिकरणको उज्यालो दीप पनि हो  ।

यस पावन अवसरमा महिलाहरूको भूमिकालाई विशेष महत्व दिइन्छ । बिहानैदेखि घर-आँगन सफा गरिन्छ, अरिपन (अल्पना) को कलात्मक रचना गरिन्छ, दीपमालाको उज्यालोले घर आँगन झिलिमिली बनाइन्छ । लक्ष्मी पूजाको सम्पूर्ण विधिसहित आराधना गरिन्छ, र रातभर जाग्राम गरी भजन, कीर्तन, नृत्य, गीत तथा भक्ति भावनाले परिपूर्ण वातावरण सिर्जना गरिन्छ । पूजामा केवल महिलाहरू मात्रै होइन, परिवारका सम्पूर्ण सदस्यको सामूहिक सहभागिता रहन्छ, जसले पारिवारिक एकता र आत्मीयताको सन्देश दिन्छ ।

कोजगरा पर्व मिथिलाञ्चलको जीवनशैली, धार्मिक आस्था र सांस्कृतिक सम्पदाको प्रतिक हो । यसले नारीलाई धार्मिक नेतृत्वको अवसर मात्र प्रदान गर्दैन, अपितु समाजमा आध्यात्मिक अनुशासन र सामाजिक चेतनाको ज्योति पनि प्रज्वलित गर्छ। यो पर्व हरेक वर्ष परम्परा र आधुनिकताको सुन्दर समन्वय गर्दै, मिथिलाको सांस्कृतिक पहिचानको संरक्षण र संवर्धनमा सशक्त भूमिका निर्वाह गरिरहेको छ ।

 

कोजगरा पर्वको ऐतिहासिक पृष्ठभूमि

वेद-पुराण, विशेषतः स्कन्द पुराण, पद्म पुराण र लक्ष्मी तन्त्र जस्ता धर्मग्रन्थहरूमा लक्ष्मी पूजाको महत्व विषद रूपमा वर्णन गरिएको छ । पुराणहरूमा उल्लेख छ कि आश्विन शुक्ल पूर्णिमाको रात, जो शरद पूर्णिमा पनि हो, त्यो अत्यन्त पवित्र र फलदायी रात हो । यस रातमा चन्द्रमा आफ्नो पूर्ण कलामा रहन्छ र चन्द्रमाको किरणले पृथ्वीमा अमृत तुल्य शीतलता फैलाउँछ । यस रातमा विशेष गरी चन्द्रमाको प्रभावले मानसिक शुद्धता र आध्यात्मिक जागरणको वातावरण सिर्जना हुन्छ, जुन लक्ष्मी पूजाको लागि अत्यन्त अनुकूल मानिन्छ ।

कोजगरा पर्वको मूल आत्मा जागरण संस्कारमा निहित छ । जागरण केवल रात ननिदाइ बस्नु होइन, यो चेतनाको प्रतीक हो — आत्मबोध, घरपरिवारप्रतिको कर्तव्यबोध र धार्मिक अनुशासनप्रतिको सम्मान हो । मिथिलाञ्चलमा यो जागरण भजन, कीर्तन, वैदिक मन्त्रपाठ र लोकसंस्कृति समेटिएका गतिविधिबाट सम्पन्न गरिन्छ ।

इतिहास साक्षी छ –  प्राचीन मिथिला, राजा जनकको राजधानी, जहाँ धर्म, दर्शन र सौन्दर्य एकसाथ फुल्थे । त्यही भूमिमा कोजगरा जस्ता पर्वहरूले आत्मिक सांस्कृतिक ऊर्जा प्रदान गर्थे ।

त्यसैले कोजगरा पर्व केवल पूजाको विधि मात्र होइन, यो एक ऐतिहासिक र सांस्कृतिक चेतनाको उजागर हो । जसले युगौं देखि मिथिलाञ्चलको सामाजिक संरचना, धार्मिक आस्था र जीवनशैलीमा गहिरो प्रभाव पारेको छ । आज पनि जब शरद पूर्णिमाको रात उज्यालिन्छ, तब त्यो उज्यालो केवल चन्द्रको मात्र नभै,  यो उज्यालो हो, परम्परा, श्रद्धा, नारी शक्ति र समृद्धिको जुन कोजगरा पर्वमार्फत पुस्ता–पुस्तामा प्रवाहित हुँदै आएको छ ।

कोजगरा: विधिको वैभव र आस्थाको आलोक

कोजगरा पर्व केवल श्रद्धा र उपासनाको विषय होइन, यो मिथिलाञ्चलको जनजीवनमा गहिरो रूपमा जरो गाडेको संस्कार र शुद्ध विधिको अनुशासनमा आधारित एक अनुपम सांस्कृतिक परम्परा हो । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने यो दिव्य पर्व, देवी लक्ष्मीप्रति अटूट भक्ति, आस्था र सौन्दर्य चेतनाको अभिव्यक्तिको पर्याय बनेको छ ।

यस दिन बिहानैदेखि मिथिलाको आँगनहरू लिपपोत गरिन्छन् । गोबर र माटोको शुद्ध स्पर्शले भूमिलाई पवित्र तुल्याइन्छ । त्यसमाथि सिन्दूर, पिठार र चामलद्वारा कोरिएका रंगीन अरिपनहरूले प्रत्येक गृहको गोसाउँनी घरसम्मको बाटो देवी महालक्ष्मीको स्वागतपथझैं सुशोभित गरिन्छ । कोजाग्रात पूर्णिमा, जसलाई ‘कोजगरा’ भनिन्छ, त्यो केवल जाग्राम मात्र होइन, देवी लक्ष्मीको दिव्य साक्षात्कारको रात हो ।

शास्त्रीय मान्यताअनुसार, यस रात देवी लक्ष्मी पृथ्वीमा अवतरित भई प्रत्येक गृहमा पुग्छिन् र प्रश्न गर्छिन्—”को जाग्रति छ?”। जसको आँगन पवित्र छ, जसको मन भक्ति भावले जागृत छ, जसले पूजा विधिपूर्वक अर्पण गरेको छ, तिनै भक्तजनमाथि धन, धान्य र सौभाग्यको रूपमा महालक्ष्मीको कृपाको वर्षा हुन्छ ।

शरद ऋतुको रात, न त जाडो न त घामको ताप हुन्छ । मिथिलाको निर्मल आकाशमा पूर्ण चन्द्रको उज्यालोले भरिएको त्यो पवित्र रात, जुन स्वयं ऋषिमुनिहरूले अमृततुल्य बताएको चन्द्रकिरणको आनन्दमा लीन भई जाग्राम बस्न सिफारिस गरेका छन् । यो रात केवल देवीको आराधना मात्र होइन, सांस्कृतिक चेतना र स्त्रीशक्तिको श्रद्धा भावमा समर्पणको ज्वलन्त उदाहरण हो ।

यसरी कोजगरा पर्व मिथिलाको मात्र नभई सम्पूर्ण नेपाली जनमानसको सांस्कृतिक सम्पदाको गौरव हो, जहाँ विधि, भक्ति र सौन्दर्य एकैसाथ साक्षात् हुन्छन् ।

मिथिलाको दिव्य परम्परा – अरिपन चित्रकला 

पुजापूर्वको शुद्धता र श्रद्धाभावले ओतप्रोत तयारी मिथिलाञ्चलको संस्कार र साधनाको मौलिक स्वरूप हो । बिहानै घरकी जेष्ठ महिलाले गोबर र माटोले आँगन लिपपोत गरी पवित्र बनाउँछिन् । त्यसै आँगनमा भिजाइएको अन्न—आरुवा चामललाई सिलोटामा पिसेर तयार पारिएको पिठारले गोसाइँघरदेखि पूजा स्थलसम्मको मार्गमा अरिपन को पवित्र लेखचित्र लेखिन्छ ।

 

यो लेखन केवल सौन्दर्य वा परम्पराका लागि नभई, देवी लक्ष्मीलाई आमन्त्रण गर्ने आध्यात्मिक द्वार पनि हो । अरिपनको तल्लो भागमा कमलको फूल अंकित गरिन्छ—कमल, जुन शुद्धता र उन्नतिको प्रतीक हो । त्यस कमलको केन्द्रमा दुईवटा पदचिन्ह कोरिन्छन्, जसले लक्ष्मी देवीको घरप्रवेशको शुभ संकेत दिन्छ ।

त्यसपछि मखानको पातको प्रतीकस्वरूप तीन वृत्तचित्र खिचिन्छन्, हरेक वृत्तभित्र एक–एक पदचिन्ह, जसले देवीको क्रमिक प्रवेशलाई संकेत गर्दछ । ती वृत्तहरू, जुन तीन महारात्रिका प्रतीक हुन्—कालरात्रि, मोह रात्रि र महा रात्रि, त्रिगुण—रज, सत्त्व र तम बाट सञ्चालित छन् । प्रत्येक वृत्तभित्र फेरि तीन वृत्तचित्र बनाईन्छन्, जो सूर्य, चन्द्रमा र पृथ्वीलाई आत्मिक दृष्टिमा बुझाउने परब्रह्मको त्रिशक्ति प्रतिनिधित्व गर्छन् ।

मखानको पात वरिपरि अंकित सात–सात गोलाकार बिन्दुहरू सप्तद्वीप तथा सप्ताहको बोध गराउँछन् । काँडा जस्ता बिन्दुहरू, जो पाप र सङ्घर्षले भरिएको जीवन पथका प्रतीक हुन्, ती पनि मखानको पातमा चित्रित गरिन्छन् । यिनै काँडाबीचको रातो सिन्दूर बिन्दुले शक्तिशाली प्रकृतिको चेतनास्वरूप भगवतीको उपस्थितिलाई बिम्बित गर्छ ।

पातको केन्द्रमा खिचिएको पदचिन्ह आत्मप्रकाश र भगवतीको साक्षात्कार हो । त्यसको पाँचौं औंला पञ्चतत्वको प्रतीक मानिन्छ ।  पृथ्वी, जल, अग्नि, वायु, र आकाश, जसले मानव शरीर र जीवनको सूक्ष्मतत्त्वलाई जनाउँछ ।

यी सबै प्रतीकात्मक संरचनाहरू कमल, पदचिन्ह, वृत्त, काँडा र सिन्दूरले जसरी चित्रमा अभिव्यक्त हुन्छन्, त्यसै गरी जीवनका मार्गहरू पनि देवी भगवतीप्रति अर्पण गरिन्छन् । यही शुद्ध र सूक्ष्म कलाको रूप हो, जुन मिथिलाकी महिलाले आत्मिक भावनाका साथ मैथिल अरिपनको रूपमा लेख्ने परम्परा युगौंयुगदेखि निर्वाह गर्दै आएकी छन् ।

पूर्णिमाको उज्यालो रातजस्तै जीवनको प्रत्येक दिन पनि प्रकाशमान रहोस् । यो जीवन, जसमा गृहस्थाश्रम रूपी नवद्वीप बसोबास छ, त्यसमध्ये प्रत्येक क्षण कमलजस्तै पवित्र, सौम्य र शुभबुद्धि युक्त होस् । सन्तान, सुबुद्धि, सुशीलता र समृद्धिका साथ, त्यो आत्मा जुनकिरीझैँ अन्धकारभित्र चम्किरहोस्, जसले माया रूपी मोहको अध्यारो चिर्दै प्रकाश प्राप्त गरोस् ।

काँडा जस्तै पीडाले भरिएको यो पृथ्वीमा भगवतीको आराधनाबाट आत्मबल प्राप्त भई, सूर्यजस्तो तेज, चन्द्रजस्तो शीतलता र शून्य जस्तो शाश्वतता आत्मसात् गरियोस् । जीवनको कठोर पथमा पनि मुक्ति प्राप्त होस् । पञ्चतत्वले बनेको यो मानव शरीर, अन्ततः दिव्य आत्मामा रूपान्तरण भई अमरत्व प्राप्त गरोस् । यही भाव, यही आराधना, यही अध्यात्मबोध—मिथिलाकी हर महिलाको हृदयबाट निस्किएको श्रद्धास्वरूप अरिपन चित्रमा अनन्त प्रेम र साधनाका साथ साकार हुँदै आएको छ ।

कोजागरा: मिथिलाको सांस्कृतिक सौन्दर्यमा पान र मखानको दिव्य संयोजन

 

कोजाग्रत पूर्णिमा, मिथिलाञ्चलको शारदीय उत्सव हो, जसले धार्मिक आडम्बरभन्दा बढी सांस्कृतिक सौन्दर्य, पारिवारिक आत्मीयता र सामाजिक सहभावनालाई प्राथमिकता दिन्छ। यस पावन अवसरमा मिथिलाका गामघरहरूमा पान, मखान र मधुर मिष्टान्नको वर्षा हुन्छ । नवविवाहित दाम्पत्यका घरमा विशेष पाहुर पठाइने, पाहुनालाई सत्कार गरिने र गाउँभरि हर्षोल्लासले माहोल गुञ्जायमान हुने गर्दछ ।

कोजगरा पर्वको खास पक्ष भनेकै नवविवाहित दुलाहा-दुलहीप्रतिको स्नेहसिक्त सम्मान हो । ससुरालीबाट पान, मखान, चिउरा, दही, मिठाइ आदि पठाइन्छ र ती वस्तुहरू कुटुम्ब तथा छरछिमेकमा बाँडिँदा सामुदायिक ऐक्य अझ प्रगाढ हुन्छ । यही दिनदेखि सुरु हुने पच्चीसी (कैडा) को खेल विशेषगरी साला र भिनाजुबीचको रमाइलो रस्साकस्सीले नवदम्पतीको जीवनको सुरुवातलाई झनै उल्लासमय बनाउँछ ।

 

फोटो स्रोत: गुगल

साँझपख कोजगरा देवी लक्ष्मीको स्वागतसँगै भोज, अरिपन लेखन, र दुर्वा-धानको आशीर्वाद जस्ता कार्यले धार्मिकता र सांस्कृतिकता दुबैको सुन्दर संगम घटित हुन्छ । विशेषतः मखान र पानको महत्त्व यस पर्वमा अत्यन्त विशेष ढंगले प्रकट हुन्छ । मखानलाई लक्ष्मीको प्रतीक मानी प्रसादका रूपमा चढाइन्छ, त्यस्तै पानलाई शोभा, शुद्धता र आयुर्वेदिक लाभको प्रतीक मानिन्छ ।

मखान: मिथिलाको दिव्य उपहार

मखान केवल मिथिलाको उत्पादन हैन, यो संस्कृति र आध्यात्मिकताको प्रतीक हो । पोखरी र पवित्र जलाशयमा फल्ने मखान चतुर्मासको पहिलो वरदानस्वरूप आउँछ। पितृकार्यदेखि पार्वणसम्म मखान अपरिहार्य छ । मिथिला बाहेक अन्यत्र दुर्लभ यस उत्पादनलाई “स्वर्गमा समेत नपाइने फल” मानिने गरिएको छ । कोजगराको अरिपनमा मखानको प्रतीक अंकन हुनु, देवीलाई अर्पण गरिनु र समाजमा बाँडिनु यसको आध्यात्मिक महत्त्व र कृषि-सम्बद्ध गर्व दुबैलाई सूचित गर्छ ।

पान: सौन्दर्य, शुद्धता र संस्कारको प्रतिक

 

‘पर्न’ धातुबाट निसृत पानको सांस्कृतिक, आयुर्वेदिक र आध्यात्मिक भूमिका अतुलनीय छ । मैथिली संस्कृति भित्र पानलाई पूजाको अङ्ग, शृङ्गारको प्रतीक, सामाजिक रस्मको साधन र औषधीय गुणले भरिपूर्ण तत्वको रूपमा स्वीकारिएको छ । कुनै पनि पूजामा धूप, दीप, नैवेद्यसँगै पान अर्पण गरिन्छ । विवाहपश्चात नवदम्पतीको सयनकक्षमा लेखिने कोहबर मा ‘पानको घर’ अंकन गरिन्छ, जुन वातावरण शुद्ध गर्ने र यौनशक्ति सुदृढ गर्ने विश्वाससँग जोडिन्छ ।

आयुर्वेदका ग्रन्थहरू विशेषतः सुश्रुत संहितामा पानलाई वात-कफ दोष निवारक, मुखशुद्धिकर, क्रिमिनाशक, उत्साहवर्धक तथा वाणी सुध्राउने तत्वका रूपमा वर्णन गरिएको छ । संस्कृत सूक्तिहरूमा तांबूलको गुणगान यसरी गरिएको छः

“वातघ्नं कृमिनाशनं मुखदुर्गन्धनाशनम्।

धैर्यं वाचालता कांतीं वर्धयेत् तांबूलं शुभम्॥”

यो केवल मुख शुद्ध गर्ने साधन हैन, विलास र आत्म-प्रस्तुतीकरणको सौन्दर्यचिह्न पनि हो। दक्षिण एशियाली सभ्यतामा पानको ऐतिहासिक उपस्थिति देखिन्छ—चूना, कत्था, सुपारी, मसला मिसाएर तयार गरिने पानको स्वादले सामाजिक भेटघाटमा आत्मीयता थप्ने काम गर्दछ ।

कोजगरा मिथिला समाजको केवल धार्मिक पर्व होइन; यो सांस्कृतिक चेतना, सामाजिक समरसता र नारी सशक्तिकरणको उज्यालो प्रतीक हो। पान-मखान जस्ता स्थानीय उत्पादनको पूजा मार्फत प्रकृतिसँगको सहजीवन; नवविवाहितहरूको स्वागत संस्कार मार्फत सामाजिक सम्बन्धको पुनःस्थापना; र महिलाहरूको नेतृत्वमा सम्पन्न हुने पूजा, भजन, जागरणमार्फत नारीको आत्मिक तथा सांस्कृतिक शक्ति पुनःप्रतिष्ठित हुन्छ ।

शरद पूर्णिमाको चन्द्र ज्योति जस्तै, कोजगरा पनि आत्मा र समाज दुवैलाई आलोकित गर्ने पर्व हो । जहाँ पूजाआराधना मात्र होइन, सम्पूर्ण जीवनशैली नै एक आध्यात्मिक अनुशासन बन्छ । यसले बालिकालाई संस्कार र संस्कृति हस्तान्तरण गर्छ, महिलालाई नेतृत्व र आत्मविश्वास दिन्छ, र परिवार–समाजलाई सहअस्तित्व र सहयोगको सूत्रमा बाँध्छ ।

मिथिलाञ्चलको धरोहररूपी कोजगरा युगौंदेखि यही सन्देश दिइरहेको छ ।  धर्म जबसम्म संस्कृतिसँग लयबद्ध हुँदैन, तबसम्म त्यो आत्मा विहीन कर्म हो । कोजगरा भनेको जीवनको उत्सव हो । जहाँ उज्यालो दीप मात्र होइन, उज्यालो चेतना बल्छ ।

 

sdaskayastha@gmail.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Rumour Nepal

Rumour Nepal

संबन्धित समाचार

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

उपसभामुखले गरिन पदभार ग्रहण

उपसभामुखले गरिन पदभार ग्रहण

पूर्वसभामुखहरूसँग छलफलमा सभामुख अर्याल

पूर्वसभामुखहरूसँग छलफलमा सभामुख अर्याल

साढे ८ करोड डलर ऋण स्वीकार : ‘ग्रेटर लुम्बिनी’ परियोजना कार्यान्वयन चरणमा

साढे ८ करोड डलर ऋण स्वीकार : ‘ग्रेटर लुम्बिनी’ परियोजना कार्यान्वयन चरणमा

नेपाली क्रिकेट : सधैँ ‘अम्पायरिङ एरर’, खेलाडीलाई कारबाहीको डर

नेपाली क्रिकेट : सधैँ ‘अम्पायरिङ एरर’, खेलाडीलाई कारबाहीको डर

दार्चुला पुगेर हर्क भन्छन्– विकास सीमावर्ती क्षेत्रमा केन्द्रित गर्नुपर्छ

दार्चुला पुगेर हर्क भन्छन्– विकास सीमावर्ती क्षेत्रमा केन्द्रित गर्नुपर्छ

Natraj Technology advertisement

ताजा समाचार

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

उपसभामुखले गरिन पदभार ग्रहण

उपसभामुखले गरिन पदभार ग्रहण

पूर्वसभामुखहरूसँग छलफलमा सभामुख अर्याल

पूर्वसभामुखहरूसँग छलफलमा सभामुख अर्याल

साढे ८ करोड डलर ऋण स्वीकार : ‘ग्रेटर लुम्बिनी’ परियोजना कार्यान्वयन चरणमा

साढे ८ करोड डलर ऋण स्वीकार : ‘ग्रेटर लुम्बिनी’ परियोजना कार्यान्वयन चरणमा

नेपाली क्रिकेट : सधैँ ‘अम्पायरिङ एरर’, खेलाडीलाई कारबाहीको डर

नेपाली क्रिकेट : सधैँ ‘अम्पायरिङ एरर’, खेलाडीलाई कारबाहीको डर

दार्चुला पुगेर हर्क भन्छन्– विकास सीमावर्ती क्षेत्रमा केन्द्रित गर्नुपर्छ

दार्चुला पुगेर हर्क भन्छन्– विकास सीमावर्ती क्षेत्रमा केन्द्रित गर्नुपर्छ

Load More

हाम्रो बारेमा

 info@rumournepal.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : 
  • प्रेस काउन्सिल सूचिकृत :
  • कम्पनी रजिष्टार दर्ता नं.:
  • राजस्व विभाग (VAT) :

हाम्रो टिम

  • संचालक :
  • सम्पादक:
  • संवाददाता :

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Rumour Nepal | Developed By Zwikcy Technology


Logo
No Result
View All Result
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2025 All copyrights reserved to Rumour Nepal | Developed By Zwikcy Technology