Rumour Nepal
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

१७ औं हलिया मुक्ति दिवस कोल्टीमा भव्य रूपमा सम्पन्न ।


१७ औं हलिया मुक्ति दिवस कोल्टीमा भव्य रूपमा सम्पन्न ।
ADVERTISEMENT

सर्मिला रोकाया, बाजुरा

बाजुराको बुढीनन्दा नगरपालिका वडा नं दुई कोल्टीमा १७ औं हलिया मुक्ति दिवस भव्य रुपमा सम्पन्न भएको छ । “सबै खाले कु प्रथा र विभेद विरुद्ध हाम्रो अभियान, मुक्त हलियाहरूको पूर्ण पुनःस्थापना र दिगो समाधान” भन्ने मूल नाराका साथ १७ औं हलिया मुक्ति दिवस कोल्टीमा सम्पन्न भएको हो ।
जिल्ला हलिया मुक्ति समाज बाजुराको आयोजना, राष्ट्रिय मुक्त हलिया समाज महासंघ र एक्शनएड नेपालको आर्थिक सहयोग तथा कुण्डा क्षेत्रका चार वटै पालिकाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । कोल्टी बजारमा र्याली प्रदर्शन गर्दै शिवमिलन पार्कमा कोण सभामा परिणत भएको कार्यक्रममा हलिया समुदायका प्रतिनिधि, अधिकारकर्मी, स्थानीय सरकारका प्रतिनिधिहरू तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
जिल्ला हलिया मुक्ति समाज बाजुराका अध्यक्ष लालबिर सार्की अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत रोकाया प्रमुख अतिथि रहनुभएको थियो । त्यस्तै जगन्नाथ गाउँपालिकाका उपाध्यक्ष मरुकला बिष्ट, बुढीनन्दा नगरपालिका वडा नं ६ का वडाध्यक्ष गजेन्द्र बहादुर शाही विशिष्ट अतिथी रहनुभएको कार्यक्रममा दलित तथा दलित अगुवाहरुको सहभागिता रहेको कृषिमा आधारित बधुवा श्रमको अन्त्य परियोजनाका अधिकृत मंगल सार्कीले जानकारी दिनुभएको छ ।
उहाँले हलिया अभियानकर्ता कलुवा लवारले सञ्चालन गर्नुभएको कार्यक्रममा जिल्ला सल्लाहकार समिति सदस्य मनबिर लवारले स्वागत मन्तव्य राख्नुभएको बताउनुभयो । कार्यक्रममा बोल्ने वक्ताहरूले समाजमा अझै विद्यमान विभेद र कु प्रथाको अन्त्यका लागि सचेतना, एकता, र निरन्तर संघर्ष आवश्यक रहेको उल्लेख गरेका छन् । उनीहरुले सबै दलित हलिया होइनन्, र सबै हलिया दलित पनि होइनन् भन्दै यथार्थ पहिचानका लागि पालिका स्तरबाट तथ्यांक संकलन गरी नीतिगत योजना बनाउनुपर्ने सुझाव दिएका थिए ।
२०६५ भदौ २१ गते सरकारले हलिया मुक्तिको घोषणा गरेको १७ वर्ष पूरा भएको छ । सरकारले सुदूरपश्चिमका नौ र कर्णाली प्रदेशका तीन जिल्ला गरी १२ जिल्लामा रहेको हलिया प्रथा अन्त्यको घोषणा गरेको थियो । हलिया मुक्तिको घोषणा भएको लामो समय भइसक्दा पनि अझै सबै मुक्त हलियाको पुनःस्थापना भने हुनसकेको छैन । उनीहरु कष्टकर जीवन जिउन बाध्य छन् ।
हलिया मुक्तिको घोषणा भएको लामो समयसम्म पनि शिक्षा, स्वास्थ्य, रोजगार तथा आयआर्जनको सहज पहुँच सुनिश्चित गर्न नसकेको हुँदा यस्ता कार्यक्रम ल्याउन सरकारसँग माग गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत रोकायाले विभेद अन्त्य गर्न प्रत्येक नागरिक सचेत हुनुपर्नेमा जोड दिँदै “जति पनि कु प्रथा र विभेद छन्, ती सबै दण्डनीय रहेको बताउनुभयो । उहाँले मुक्त हलियाहरूको अधिकार सुनिश्चित गर्न सरकारले अझ प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ ।
त्यस्तै बुढीनन्दा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष गजेन्द्र बहादुर शाहीले गीत गाएर वा भाषण गरेर मात्रै परिवर्तन सम्भव नरहेको भन्दै, “एकता गरेर संघर्ष गर्नुपर्छ, आफैं सक्षम बन्नुपर्छ,“ भन्नुभयो । यसैगरी जनप्रकाश माध्यमिक विद्यालयका प्रधानाध्यापक जयलाल कार्कीले जन्म, जात, लिङ्ग र रंगका आधारमा हुने विभेदको खण्डन गर्दै, हक अधिकारको प्राप्तिका लागि निरन्तर प्रयास गर्न प्रेरणा दिनुभयो ।
१७ औं हलिया मुक्ति दिवसको अवसरमा आयोजित कार्यक्रमले मुक्त हलिया समुदायको अधिकार, पुनःस्थापना र सशक्तीकरणप्रति गम्भीर चासो राख्दै आगामी दिनमा अझ व्यापक आन्दोलन र चेतनाको आवश्यकता औंल्याएको छ । एकता, सकृयता र साझा आन्दोलनका लागि प्रतिबद्ध भएर लाग्नु पर्ने सहभागिले कार्यक्रममा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Rumour Nepal

Rumour Nepal

संबन्धित समाचार

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

उपसभामुखले गरिन पदभार ग्रहण

उपसभामुखले गरिन पदभार ग्रहण

पूर्वसभामुखहरूसँग छलफलमा सभामुख अर्याल

पूर्वसभामुखहरूसँग छलफलमा सभामुख अर्याल

साढे ८ करोड डलर ऋण स्वीकार : ‘ग्रेटर लुम्बिनी’ परियोजना कार्यान्वयन चरणमा

साढे ८ करोड डलर ऋण स्वीकार : ‘ग्रेटर लुम्बिनी’ परियोजना कार्यान्वयन चरणमा

नेपाली क्रिकेट : सधैँ ‘अम्पायरिङ एरर’, खेलाडीलाई कारबाहीको डर

नेपाली क्रिकेट : सधैँ ‘अम्पायरिङ एरर’, खेलाडीलाई कारबाहीको डर

दार्चुला पुगेर हर्क भन्छन्– विकास सीमावर्ती क्षेत्रमा केन्द्रित गर्नुपर्छ

दार्चुला पुगेर हर्क भन्छन्– विकास सीमावर्ती क्षेत्रमा केन्द्रित गर्नुपर्छ

Natraj Technology advertisement

ताजा समाचार

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

उपसभामुखले गरिन पदभार ग्रहण

उपसभामुखले गरिन पदभार ग्रहण

पूर्वसभामुखहरूसँग छलफलमा सभामुख अर्याल

पूर्वसभामुखहरूसँग छलफलमा सभामुख अर्याल

साढे ८ करोड डलर ऋण स्वीकार : ‘ग्रेटर लुम्बिनी’ परियोजना कार्यान्वयन चरणमा

साढे ८ करोड डलर ऋण स्वीकार : ‘ग्रेटर लुम्बिनी’ परियोजना कार्यान्वयन चरणमा

नेपाली क्रिकेट : सधैँ ‘अम्पायरिङ एरर’, खेलाडीलाई कारबाहीको डर

नेपाली क्रिकेट : सधैँ ‘अम्पायरिङ एरर’, खेलाडीलाई कारबाहीको डर

दार्चुला पुगेर हर्क भन्छन्– विकास सीमावर्ती क्षेत्रमा केन्द्रित गर्नुपर्छ

दार्चुला पुगेर हर्क भन्छन्– विकास सीमावर्ती क्षेत्रमा केन्द्रित गर्नुपर्छ

Load More

हाम्रो बारेमा

 info@rumournepal.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : 
  • प्रेस काउन्सिल सूचिकृत :
  • कम्पनी रजिष्टार दर्ता नं.:
  • राजस्व विभाग (VAT) :

हाम्रो टिम

  • संचालक :
  • सम्पादक:
  • संवाददाता :

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Rumour Nepal | Developed By Zwikcy Technology


Logo
No Result
View All Result
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2025 All copyrights reserved to Rumour Nepal | Developed By Zwikcy Technology