Rumour Nepal
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

सय भारुभन्दा ठूला दरका नोट लैजान-ल्याउन पाइने, २५ हजारको सीमा


सय भारुभन्दा ठूला दरका नोट लैजान-ल्याउन पाइने, २५ हजारको सीमा
ADVERTISEMENT

काठमाडौं । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले १ सयभन्दा ठूला दरका भारतीय नोट नेपाल ल्याउन र लैजान पाउने व्यवस्था गरेको छ ।

आरबीआईले विदेशी विनिमय व्यवस्थापन नियमावली २०१५ संशोधन गर्दै ठूला दरका नोट पनि नेपाल भारत ल्याउन/लैजान पाउने व्यवस्था गरेको हो ।

आरबीआईले गरेको नयाँ व्यवस्था अनुसार १ सय भारुसम्मका नोटमा जतिसुकै रकम पनि भारत भित्र्याउन वा भारतबाट नेपाल ल्याउन पाइने व्यवस्था छ । यसमा कुनै सीमा तोकिएको छैन ।

तर, १ सयभन्दा माथिका नोटका हकमा भने २५ हजार भारुसम्म भारतबाट नेपाल ल्याउन वा लैजान पाइने व्यवस्था आरबीआईले गरेको छ ।

ठूला दरका भारतीय नोट यात्रा गर्नेले नै बोकेर ल्याउन पाउने तर पठाउन भने नपाउने व्यवस्था पनि आरबीआईले गरेको छ ।

यसभन्दा अघि ठूला दरका भारतीय नोट नेपाल ल्याउन पाइए पनि नेपालबाट भारतमा लैजान पाउने व्यवस्था थिएन ।

भारतले सन् २०१६ मा ठूला दरका भारु नोटबन्दी गरेको थियो । त्यसपछि ठूला दरका नोट नेपाल ल्याउन/लैजान बन्देज थियो । नेपालले पनि यहाँ रहेका ठूला दरका भारु सटही नदिएपछि नेपालले पनि १ सयभन्दा बढीका भारु चलनचल्तीमा बन्देज लगाएको थियो ।

भारतले लगाएको बन्देज खुलाए पनि नेपालका तर्फबाट भने निर्णय हुन बाँकी छ । त्यसका लागि नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरेर नेपालमा ठूला दरका भारु पनि चलनचल्तीमा ल्याउन सकिने व्यवस्था गर्नुपर्ने केन्द्रीय बैंकका प्रवक्ता गुरु पौडेलले बताए ।

‘भारतले नोटबन्दीपछि लगाएको प्रतिबन्ध विदेशी विनिमय व्यवस्थापन नियमावली संशोधन गरेर खुलाएको छ,’ पौडेलले भने, ‘भारतले खुला गर्‍यो भन्दैमा चलनचल्तीमा आउने होइन, त्यसका लागि नेपाल राष्ट्र बैंकले पनि आवश्यक नीतिगत व्यवस्था गर्नुपर्ने हुन्छ ।’

खुला सीमा तथा व्यापारमा भारतसँगको निर्भरतासँगै दुवैतर्फ लान र ल्याउन पाउने व्यवस्था गरेको समयमा नेपाल सरकारले पनि त्यसलाई सकारात्मक रुपमा लिई प्रतिबन्ध खुलाउने तर्फ जानु उपयुक्त हुने उनको भनाइ छ ।

२०१६ मा भारतले नोटबन्दी गर्दा नेपालमा रहेका ठूला दरका भारु सटही दिएन अर्थात् फिर्ता लिएन । त्यो समयमा बंैंकिङ प्रणालीमा मात्र ५ करोड भारु थियो । त्यो नोट साट्नका लागि अझै पनि पहल भई नै रहेको पौडेलले बताए ।

‘भारतले नोटबन्दी गरेका बेला नेपालमा रहेको भारु नसाटिएको विषयले अहिले ती नोट नेपालमा चलाउनबाट रोक्न हुँदैन,’ पौडेलले भने, ‘ल्याउन पाउने तर फिर्ता लान नपाउने भन्दा नेपाली नोटलाई विस्थापित गर्न सक्ने भएकाले नेपालको असहमति थियो तर उताबाट ल्याउन पनि पाइने, यताबाट लान पनि पाइने हो भने हामीले अनुमति दिनुपर्छ ।’

अहिले आरबीआईले नेपालको माग अनुसार नै नीतिगत व्यवस्था गरेकाले त्यो सकारात्मक भएको उनको भनाइ छ ।

यस्तो व्यवस्था नेपाल र भुटानका नागरिकका लागि मात्रै गरेको आरबीआईले पारित गरेको नियमावलीमा उल्लेख छ ।

त्यसैगरी उक्त विनियमावलीले नेपाली रुपैयाँ जति पनि भारतमा बोकेर जान पाइने व्यवस्था आरबीआईले गरेको छ । तर, नेपाली नागरिकले विदेश जाँदा ५ हजार नेपाली रुपैयाँभन्दा बढी लिएर जान नपाउने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ ।

ठूला दरका भारु नोट नेपालमा चलनचल्तीमा प्रतिबन्ध गर्दा दुवै देशका पर्यटक तथा व्यवसायीले समस्या भोगिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Rumour Nepal

Rumour Nepal

संबन्धित समाचार

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

उपसभामुखले गरिन पदभार ग्रहण

उपसभामुखले गरिन पदभार ग्रहण

पूर्वसभामुखहरूसँग छलफलमा सभामुख अर्याल

पूर्वसभामुखहरूसँग छलफलमा सभामुख अर्याल

साढे ८ करोड डलर ऋण स्वीकार : ‘ग्रेटर लुम्बिनी’ परियोजना कार्यान्वयन चरणमा

साढे ८ करोड डलर ऋण स्वीकार : ‘ग्रेटर लुम्बिनी’ परियोजना कार्यान्वयन चरणमा

नेपाली क्रिकेट : सधैँ ‘अम्पायरिङ एरर’, खेलाडीलाई कारबाहीको डर

नेपाली क्रिकेट : सधैँ ‘अम्पायरिङ एरर’, खेलाडीलाई कारबाहीको डर

दार्चुला पुगेर हर्क भन्छन्– विकास सीमावर्ती क्षेत्रमा केन्द्रित गर्नुपर्छ

दार्चुला पुगेर हर्क भन्छन्– विकास सीमावर्ती क्षेत्रमा केन्द्रित गर्नुपर्छ

Natraj Technology advertisement

ताजा समाचार

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

उपसभामुखले गरिन पदभार ग्रहण

उपसभामुखले गरिन पदभार ग्रहण

पूर्वसभामुखहरूसँग छलफलमा सभामुख अर्याल

पूर्वसभामुखहरूसँग छलफलमा सभामुख अर्याल

साढे ८ करोड डलर ऋण स्वीकार : ‘ग्रेटर लुम्बिनी’ परियोजना कार्यान्वयन चरणमा

साढे ८ करोड डलर ऋण स्वीकार : ‘ग्रेटर लुम्बिनी’ परियोजना कार्यान्वयन चरणमा

नेपाली क्रिकेट : सधैँ ‘अम्पायरिङ एरर’, खेलाडीलाई कारबाहीको डर

नेपाली क्रिकेट : सधैँ ‘अम्पायरिङ एरर’, खेलाडीलाई कारबाहीको डर

दार्चुला पुगेर हर्क भन्छन्– विकास सीमावर्ती क्षेत्रमा केन्द्रित गर्नुपर्छ

दार्चुला पुगेर हर्क भन्छन्– विकास सीमावर्ती क्षेत्रमा केन्द्रित गर्नुपर्छ

Load More

हाम्रो बारेमा

 info@rumournepal.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : 
  • प्रेस काउन्सिल सूचिकृत :
  • कम्पनी रजिष्टार दर्ता नं.:
  • राजस्व विभाग (VAT) :

हाम्रो टिम

  • संचालक :
  • सम्पादक:
  • संवाददाता :

जिल्ला प्रतिनिधि

  • Preeti / Unicode

© 2025 All copyrights reserved to Rumour Nepal | Developed By Zwikcy Technology


Logo
No Result
View All Result
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2025 All copyrights reserved to Rumour Nepal | Developed By Zwikcy Technology